जनतालाई सेवा दिन दत्तचित्त हुनुुहोस्ः राष्ट्रपति भण्डारी

Posted on: 18 Apr, 2019

बैशाख ५, राँझा । राष्ट्रपति विद्यादेवी भण्डारीले बाँके र बर्दियाको विकासनिर्माणबारे चासो लिएकी छन् ।  आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्न नेपालगञ्ज आएकी राष्ट्रपति भण्डारीले आज ती जिल्लाका जनप्रतिनिधिसँग विकासनिर्माणबारे छलफल गरेकी राष्ट्रपतिका प्रमुख सल्लाहकार भेषराज अधिकारीले जानकारी दिए । 

राष्ट्रपति भण्डारीले जनप्रतिनिधिलाई जनताको काम सहज रुपमा गर्न आग्रह गरेकी थिइन् । ‘नयाँ अनुभव भएकाले काम गर्नमा केही अलमल हुन सक्छ तर जनतालाई सहजरुपमा सेवा दिने कुरामा दत्तचित्त भएर लाग्नुहोस्’, राष्ट्रपतिको भनाइ उद्धृत गर्दै अधिकारीले भने । 

सो अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेश नं ५ का  सङ्घीय सांसद, प्रदेशसभा सदस्य, बाँके र बर्दियाका जिल्ला समन्वय समितिका प्रमुख– उपप्रमुख तथा स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो । 

आज अपराह्न् २ बजे नेपालगञ्ज आएकी राष्ट्रपति भण्डारीले आज साँझ ६ बजे नेपालगञ्ज रङ्गशालामा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्दै छिन् ।  प्रतियोगिताको उद्घाटनपछि राष्ट्रपति भण्डारी आज नेपालगञ्जमै रहने बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!