बन्दपछी विप्लवको बिज्ञप्ति: 'देश र जनता जोखिममा'

Posted on: 18 Apr, 2019

वैशाख ५, काठमाडौं । आज भएको नेपाल बन्द सफल भएको भन्दै सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महा सचिव नेत्र विक्रम चन्द विप्लवले आज एक प्रेस विज्ञप्ति जारी गर्दै धन्यवाद दिएका छन् । सो पार्टीले वैशाख ५ गते गरिएको नेपाल बन्दको आव्हान सफल भएको दावी गर्दै बन्द सफल बनाउने र समर्थन गर्ने सबैलाई धन्यवाद दिएको हो ।

विप्लबको बिज्ञप्तिमा 'देशका सवै व्यवसायी, उद्योगपति, शिक्षण संस्था, व्यापारी तथा सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिप्रति हार्दिक आभारसहित धन्यवाद ज्ञापन’ भनिएको छ । नेकपाका महासचिव विप्लवको हस्ताक्षर रहेको उक्त बिज्ञप्तिमा 'देशको अवस्था दिनानुदिन बिग्रिदै गएको, सरकारले जनघात र राष्ट्रघातलाई झनै बढाएर गएको, देश र जनता असाध्यै जोखिममा पर्दै गएको' कुरा उल्लेख छ ।

बिज्ञप्तिमा अगाडी लेखिएको छ 'जनताको वास्तविक मुक्ति ल्याएन र देशलाई बचाउन एकपटक फेरि नयाँ संघर्षमा एक भएर लाग्न जरुरी भइसकेको' उल्लेख गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!