प्रेम संजेलद्वारा अख्तियारमा ३ घण्टा वयान: बयान पछी के भने (भिडियो हेर्नुहोस्)

Posted on: 21 Apr, 2019

वैशाख ८, काठमाडौँ | भ्रष्टचारविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आफूजस्तै कर्मचारी र सरकारी कामकाजको बिषयमा खरो मन्तव्य दिने चर्चित पात्र हुन् प्रेम संजेल ।  नेपाल सरकारका उपसचिवका रुपमा बिराटनगर श्रम कार्यालयको प्रमुखको रुपमा काम गर्दै आएका छन् । 

पछिल्लो समय श्रम कार्यालय, बिराटनगरको प्रमुखका रुपमा कार्यरत् उनलाई सरकारले निर्वाचन आयोगको कार्यालयमा सरुवा गरेको थियो । त्यस क्रममा संजेलले तोकिएको कार्यालयमा हाजिर नभएको अवस्थामा पनि खाना, खाजा र प्रोत्साहन भत्ता लिएको आरोपमा अख्तियारमा उनि बिरुद्ध उजुरी परेपछि पत्र काटिएको थियो  । 

त्यसबारे बयान दिन  भन्दै सञ्जेल टंगाल स्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बयानका क्रममा आएका हुन् ।

आज प्रेम प्रसाद सञ्जेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेपछि अख्तियारमा ३ घण्टा बयान दिएका छन् । बयान दिएपछि संचारकर्मीहरुसँग कुरा गर्दै संजेलले भ्रष्टाचार गर्नु  मेरो लागि १२ बर्ष अघि मरेका बा आमाको रगत खानु जस्तै भएको भन्दै बैदेशिक रोजगारीको क्रममा हुने ठगिको बिषयमा आक्रोश प्रकट गरे । उनले आफ्नो सरकारी कामकाज देखेर आफ्नै परिचयपत्रमा थुक्न मन लागेको बताए । 

उनले बालुवाटारको जग्गाको बिषयमा नेकपा नेताको समेत खुलेर बिरोध गरे । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!