यी ४ साना कम्युनिष्ट पार्टीबीच कार्यगत एकता

Posted on: 23 Apr, 2019

बैशाख १०, काठमाडौं । चार साना कम्युनिष्ट पार्टीहरुले कार्यगत एकता गर्ने सहमति गरेका छन् । 

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), सुलभ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषिराम कट्टटेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच कार्यगत एकता गर्ने सहमति भएको हो । 

जसमा वैद्य नेतृत्वको नेकपाको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलको पनि हस्ताक्षर रहेको छ । 

चार दलले कार्यगत एकता भएको सम्बन्धी जानकारी दिन जारी गरेको संयुक्त विज्ञप्तिमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माथि लगाइएको प्रतिबन्ध खारेजी गर्न माग गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!