गुठी सम्बन्धी विधेयक खारेजीको माग गर्दै राप्रपाले निकाल्यो प्रेस बिज्ञप्ति

Posted on: 17 Jun, 2019

असार २,काठमाडौँ |  राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा दर्ता भएको गुठी सम्बन्धि विधेयक तत्काल फिर्ता गर्न जोडदार माग  गरेको छ | सोमबार केन्द्रीय कार्यालयमा सम्पन्न संयोजित संगठनका पदाधिकारीहरुको संयुक्त बैठकले प्रेस बिज्ञप्ति जारीगरी गुठी सम्बन्धि विधेयक तत्काल फिर्ता गर्नुपर्ने धारणा सार्बजनिक गरेको हो |

 सरकारका तर्फबाट धार्मीक तथा साँस्कृतिक क्षेत्र नै कमजोर बनाउने गरि ल्याइएको आरोप पनि राप्रपाले लगाएको छ | राप्रपाका संयोजित संगठनहरुको आयोजनामा गुठी सम्बन्धी विधेयक खारेजीको माग गर्दै असार ५ गते दिनको २ बजे सुन्धारादेखि न्यूरोड, इन्द्रचोक, असन हुँदै रत्नपार्कसम्म शसक्त विरोध ¥याली एवं सभा गर्ने निर्णय राप्रपाले गरेको छ | 




यस बिषयमा तपाइको प्रतिक्रिया...!