सुविधा बढाउन माग गर्दै काठमाडौँका वडा सदस्यले दिए मुख्य मन्त्रीलाई ज्ञापन पत्र

Posted on: 23 Jun, 2019

असार ८, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका वडा सदस्य र नगरसभा सदस्यले  स्थानीय तहका पदाधिकारी र सदस्यको पारिश्रमिक कम भएको भन्दै प्रदेश ३ का मुख्यमन्त्री र सभामुखलाई ज्ञापन पत्र बुझाएका छन् । 

ऐन संशोधन गरी सुविधा बढाउन माग गर्दै  काठमाडौं बाट हेटौंडा पुगेका  छन् | अहिले वडा सदस्य र नगरसभा सदस्यले मासिक ७ हजार रुपैयाँ पाउँदै आएका छन् ।

महाननगरपालिकाको कार्यपालिका सदस्यको सुविधा मासिक १५ हजार पुग्दा पनि वडा र नगरसभा सदस्यहरुको सेवा सुविधा नबढेको काठमाडौं महानगरपालिका–४ का वडा सदस्य ध्रुवप्रसाद त्रिपाठीले बताए ।

उनीहरुले आफूहरुको सेवा सुविधा महानगरपलिकाको आन्तरिक स्रोतबाट वृद्धि गरी नगरपरिषदबाट अनुमोदन गर्न मिल्ने गरी ऐन संशोधन गर्न माग गरेका छन् ।

वडा सदस्य र नगरसभा सदस्यको ज्ञापन बुझ्दै प्रदेशसभाका सभामुख सानु श्रेष्ठ र आन्तरिक मामिला मन्त्री शालिकराम जमकटेलले माग उपयुक्त भए पनि सघीय सरकारले गरेको निर्णय अनुसार नै गरिएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!