मलेसिया जाने कामदारसँग चर्को अशुली: मलेसियाका पूर्व उपप्रधानमन्त्री हमिदि पक्राउ

Posted on: 25 Jun, 2019

असार १०, काठमाडौँ | मलेशियास्थित भ्रष्टाचार विरुद्धको आयोग (मलेशियन एन्टी करप्सन कमिसन)ले मलेशियाका पूर्वउपप्रधान एवं आन्तरिक मामिलामन्त्री अहमद जाहिद हमिदिलाई पक्राउ गरेर बुधबार मुद्दा चलाउने तयारी गरेको छ । 

हमिदीलाई क्वालालम्पुरस्थित सेसन्स कोर्टमा बुधबार र शाह आलम सेसन्स कोर्टमा बिहीबार मुद्दा दर्ता गराउने तयारी  छ । हमिदीलाई भीएलएन नामको विदेशी कामदारका लागि दिइने भिसा प्रक्रियामा भ्रष्टाचार गरेको अभियोग लगाएको छ । नेपालबाट मलेसिया जाने कामदारसँग अनाधिकृत शुल्क लिएको भन्दै यसअघि हमिदीसहित मलेसियाका सरकारी अधिकारीहरुलाई आरोप लगाइएको थियो । यसै सम्बन्धमा आयोगले उनीमाथि भीएलएन नामको विदेशी कामदारका लागि दिइने भिसा प्रक्रियामा भ्रष्टाचार गरेको अभियोग लगाएको छ । 


नेपालमा २०७० सालदेखि मलेशिया जाने कामदारबाट अतिरिक्त रकम अशुल्ने काम भइरहेको थियो । गत २०७५ बैशाखदेखि श्रममन्त्री विष्टले यसलाई रोकेसँगै मलेसिया जाने प्रक्रियानै प्रभावित भएको थियो । २०७० सालदेखि मलेशिया भीएलएन नेपाल प्रालि नामक कम्पनीमार्फत भीएलएन प्रणालीका नाममा मलेशिया जाने कामदारसँग भिसा प्रोसेसिङ भनेर छुट्टै शुल्क उठाउन थालिएको थियो । 

भिएलएनले नेपाली कामदारबाट मात्र एक अर्ब ९५ करोड उठाएको थियो । हमिदिले तीनवटा फरक–फरक कम्पनीबाट २ करोड १२ लाख ५० हजार मलेशियन रिंगिट घूस लिएकोमा ति मध्ये एक कम्पनी नेपालसँग जोडिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!