ट्राफिक प्रहरीले गृह मन्त्रालयका सह–सचिवको गाडीमा लगायो लक्

Posted on: 26 Jun, 2019

असार ११ , काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी जवानले गृह मन्त्रालयका सह–सचिव रामकृष्ण सुवेदीको गाडीमा लक लगाएका छन् ।

अनाधिकृत रुपमा सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गरेर राखेका वेला सरकारी नम्बर प्लेटको गाडीमा लक लगाइएको हो । सुवेदी गृह मन्त्रालयका प्रवक्ता समेत हुन् ।

 प्रहरीका अनुसार पार्किङ गर्न निषेध गरिएको ठाउँमा बा २ झ ३४६ नम्बरको गाडी राखेर सुवेदी खाना खान निस्एिका थिए ।प्रत्यक्षदर्शीका यज्ञम्बर श्रेष्ठका अनुसार लक लगाएपछि कर्मचारीले ट्राफिक जवानलाई धम्क्याएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!