प्रतिनिधिसभाको बैठक स्थगित

Posted on: 15 Jul, 2019

असार ३०, काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठक सूचना टाँसेर स्थगन गरिएको छ । देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिको अनुगमन एवं समन्वय गर्न सांसदहरु आ–आफ्नो क्षेत्रमा जानुपर्ने भएकाले आजका लागि निर्धारित बैठक स्थगन गर्नुपरेको सूचनामा जनाइएको छ ।

प्राकृतिक विपत्तिमा परी मृत्यु हुने परिवारमा सान्त्वना दिन तथा प्रभावित क्षेत्रमा सहयोग गर्न सांसदहरु जिल्ला जानुपर्ने भएको हुँदा प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन ८ गते १ बजे बस्ने गरी आजको बैठक स्थगन गरिएको सूचनामा उल्लेख छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!