१४ महिनापछि नेकपाको एकता प्रक्रिया टुंगियो, जिल्लामा ६० र ४० को सुत्र

Posted on: 16 Jul, 2019

असार ३१, काठमाडौँ | निरन्तरको बिबाद र छलफलका बिछ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया टुंगो लागेको छ । मंगलबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भएको छलफलबाट एकता प्रक्रिया टुंगोमा पुगेको हो । 

ओली र प्रचण्डले आफ्नो प्रतिबद्धता अनुसारनै असार मसान्तभित्र एकताका बाँकी प्रक्रिया टुंगोमा पुर्याउने प्रतिवद्धता पुरा गरेर देखाएका हुन् । नेताहरुले आज करीब ३ घण्टा लामो छलफलपछि एकताको टुंगो लगाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको अध्यक्षद्धयको छलफलले एकता प्रकृया टुंगो लगाएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिएका हुन् । छलफलको प्राविधिक कुरा भने साउन ५ गते बस्ने सचिवालयको बैठकले अनुमोदन गरेपछी सार्वजनिक गरिने भएको छ । 

जेठ २१ गतेदेखि तीन दिनसम्म बसेको नेकपा सचिवालको बैठकले जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्ज, पोलिटब्युरो गठन, कार्यसमितिको कार्यविभाजन लगायतका विषयमा टुगो लगाउन अध्यक्षद्धयलाई जिम्मेवारी दिएको थियो । छलफलले नेकपाको ३२ वटा विभाग, सल्लाहकार मञ्च, आयोगलगायत बिषयमा भागबण्डा भएको छ । जसमा तत्कालिन एमालेले १८ र तत्कालिन माओवादी केन्द्रले १४ वटा पाएको बताइएको छ । 

जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्ज ६० र ४० को सुत्र प्रयोग गरेर बाँडफाँड भएको बुझिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!