निर्वाचनमा अन्त्र्घात गर्ने नेता कार्यकर्ता कांग्रेसले गर्यो पार्टीबाट निष्काशन

Posted on: 23 Jul, 2019

साउन ७, काठमाडौँ  |  नेपाली कांग्रेसले २३ जनालाई पार्टीबाट निष्कासन गरेको छ |  निष्कासित हुनेहरुमा सबैभन्दा बढी सोलुखुम्बुका २० जना ,रौतहटका दुई र दैलेखका एक जना छन् |

 कांग्रेसले दुई वर्षपछि तीन जिल्लाका स्थानीय तहका नेता–कार्यकर्ताहरुलाई मात्र कारबाही गरेको छ । तर प्रदेश र केन्द्रका वागी उम्मेदवार, निजका प्रस्तावक र समर्थकहरुलाई अझै कारबाही गरेको छैन | 

स्थानीय तह, प्रदेश र संघीय संसद निर्वाचनका बागी उम्मेदवार, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएका तीन जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई सम्बन्धित जिल्लाको पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिइएको कांग्रेसको केन्द्रीय अनुशासन समितिले जानकारी दिएको छ | 

उनका अनुसार  कांग्रेसको विधान २०१७ को धारा ३४ को उपधारा ४ (क) बमोजिम कारबाही भएको  हो |  बागी उम्मेदवारी र अन्तरघातको कारण तीनै तहको निर्वाचनमा पराजित भएको निष्कर्ष कांग्रेसको छ  |  बागी उम्मेदवारहरुको सबै विवरण प्राप्त नभएको र तत्काल पठाउन सम्बन्धित जिल्लालाई निर्देशन दिइएको कांग्रेसले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!