सत्तारुढ दलको सिटमा आए बाबुराम भट्टराई

Posted on: 22 Aug, 2019

भदौ ५, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बिहीबारदेखि प्रतिनिधिसभामा सत्तारुढ दलको सिटमा बस्न थालेका छन् । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको जानकारीसहित निर्वाचन आयोगबाट आएको पत्र बिहीबार प्रतिनिधिसभामा प्राप्त भएको भन्दै सभामुख कृष्णबहादुर महराले बाचन गरेर सुनाएका थिए ।

यसअघि नेता भट्टराई प्रतिनिधिसभामा स्वतन्त्र सांसद बस्ने सिटमा बस्दै आएका थिए । नयाँ शक्ति पार्टीले राष्ट्रिय दलको मान्यता पाउन नसकेकाले उनी स्वतन्त्र सांसदको हैसियतमा थिए । तर पार्टी एकतापछि उनी सत्तारुढ दलको सांसद बनेका छन् । उनको पार्टी समाजवादी पार्टीका तर्फबाट २ जना मन्त्री छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!