प्रधानमन्त्री विदेशमा रहँदा भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्ने

Posted on: 22 Aug, 2019

 भदौ ५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली देश बाहिर रहेको बेला पनि मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारको कार्यसम्पादन नियमावली २०६४ मा संशोधन गरी प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेको बेला भिडियो कन्फरेन्स लगायतका प्रविधि प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था गरिएको हो ।

प्रधानमन्त्री ओली बिहीबार मात्र स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् । स्रोतकाअनुसार ओलीको यो भ्रमणमा दुई साताभन्दा लामो हुनसक्छ । ओली सिंगापुरमा रहँदा मन्त्रिपरिषद् बैठक बस्नसक्ने गरी यो व्यवस्था गरिएको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!