समाजवादी पार्टीले संविधान दिवस नमनाउने

Posted on: 16 Sep, 2019

भदौ ३०, काठमाडौं | सत्तारुढ समाजवादी पार्टीले नयाँ संविधान जारी भएको दिन दिपावली नगर्ने भएको छ । साथै कोलो दिवसका रुपमा पनि नमनाउने भन्दै उसले दुबै खाले कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छ ।

सरकारले ३ असोजलाई भब्य रुपमा मनाउने बताएको छ र, नागरिकलाई पनि तीन दिनसम्म घरघरमा दिपावली गर्न अपील गरेको छ । तर, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव अध्यक्ष रहेको समाजवादी पार्टीले भने संविधान त्रुटीपूर्ण रहेको भन्दै दिवापली नगर्ने निर्णय गरेको छ | 

३ असोजमा सात वटै प्रदेशमा संविधान संशोधनको अपरिहार्यता र आवश्यकता विषयमा अन्तरक्रिया गर्ने निर्णय भएको समाजबादी पार्टीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!