सरकार गति र मति ठीक पार्नुहोस् आफ्नो अरिंगाल प्रवृत्ति छोड्नुहोस् :गगन थापा

Posted on: 17 Sep, 2019

भदौ ३१, काठमाडौं | नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रिय युवा संघ नेपालले ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा रोक लगाएको विषयमा आक्रोश व्यक्त गरेका छन् । उनले यो लोकतान्त्रिक गणतन्त्र भएकाले ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र शाह पनि स्वतन्त्रपूर्वक हिँड्न पाउने भन्दै उनले अरिंगाल प्रवृत्ति छाड्न युवा संघ नेपाललाई आग्रह गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल कास्कीले एक विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा निषेध गरेको जनाएको थियो । थापाले आफ्नो सामाजिक सञ्जाल मार्फत भनेका छन्–कमरेड ! यो लोकतान्त्रिक गणतन्त्र नेपाल हो । ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र शाह पनि यहाँ स्वतन्त्रपूर्वक हिँड्न पाउँछन् । आफ्नो विचार राख्न पाउँछन् ।

गल्ती गर्नेलाई विधिले बाँध्ने हो निषेध गर्ने होइन । सरकारको गति र मति ठीक पार्नुहोस् आफ्नो अरिंगाल प्रवृत्ति छोड्नुहोस् परिवर्तन विरोधी तत्व आफैं परास्त हुन्छन् ।”

यस बिषयमा तपाइको प्रतिक्रिया...!