रघुवीर महासेठ र प्रभु साहलाई पार्टीबाट निकाल्न नेकपाका १६ केन्द्रीय सदस्यले बुझाए ज्ञापनपत्र

Posted on: 18 Sep, 2019

असोज १, काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रदेश नम्बर २ का इन्चार्ज सत्यनारायण मण्डल,अध्यक्ष प्रभु साह लगायतले विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा परिपत्रहरू उल्लंघन गरेको भन्दै कारबाहीको माग गर्दै नेकपाका १६ केन्द्रीय सदस्यले ज्ञापनपत्र बुझाएका हुन् |

विधि र अनुशासनअनुसार पार्टीलाई अगाडि बढाउन माग गर्दै प्रदेश नम्बर २ का सह–इन्चार्ज तथा केन्द्रीय सदस्यहरू नागेन्द्र चौधरी, महेन्द्र पासवान लगायत १६ जनाले मंगलबार नेकपा केन्द्रीय सचिवालयमा ज्ञापनपत्र बुझाएका हुन् |

नेकपा केन्द्रीय समितिको परिपत्रलाई उल्लंघन गर्दै सपथ ग्रहण राखेर असहज परिस्थिति सिर्जना गरिएको भन्दै उनीहरूले ज्ञापनपत्रमा प्रदेश नम्बर २ का इन्चार्ज सत्यनारायण मण्डल, सह–इन्चार्ज विश्वनाथ शाह, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेललाई पदमुक्त गरी कडा कारबाही गर्न माग गरेका छन् |

ज्ञापनपत्रमा हस्ताक्षर गर्ने केन्द्रीय सदस्यहरू रामचन्द्र झा, गोपाल ठाकुर, रामचन्द्र यादव, श्रीप्रसाद साह, सुधीरप्रसाद साह, रत्नेश्वर गोइत यादव, रामकुमार शर्मा, ममता गिरी, सरला यादव, दिनेश राई, जगत प्रसाद यादव, शत्रुधन महतो, बोधमाया यादव, रविन्द्र बैठालगायत छन् |

उनीहरूले जिल्ला कमिटी मातहतका पार्टी कमिटीहरूमा समेत अवैधानिक र विधिविपरीत ढंगबाट कमिटी गठन गर्ने कार्यलाई तत्काल रोक्न माग गरेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!