अल्टिमेटम दिएर दसैँपछि सरकार छाड्ने बाबुरामको चेतावनी

Posted on: 19 Sep, 2019

असोज २, काठमाडौँ | काठमाडौँमा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले दसैँपछि सरकारलाई अल्टिमेटम दिएर सरकारबाट बाहिरिने बताएका छन |

आफुहरु अब धेरै नपर्खने उनले बताए | फोरम संग पार्टी एकीकरण गर्दा सोहि कुराको सहमति भएको र अब त्यो पुरा हुने उनको भनाई रहेको छ |

हाल पार्टी एकिकरण र समायोजनमा व्यस्त भएको भन्दै पार्टी एकीकरण सकिने बित्तिकै सरकारलाई एउटा अल्टिमेटम दिने र सरकारबाट बाहिररिने उनले बताए | संबिधान संसोधन प्रति सरकार गम्भीर नभएको बताउदै, आफुहरुले उक्त  कुरा थाहा पाइसकेको उनले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!