दाङबाट पक्राउ पर्ने विप्लवका २१ नेताहरु को-को हुन् ? (नामावलीसहित)

Posted on: 17 Oct, 2019

असोज ३०, दाङ | दाङमा बिहिबार बिहान चन्द नेतृत्वको नेकपाको गोप्य बैठकस्थल प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले सो नियन्त्रणका क्रममा नेपाल कम्युनिष्ट पार्टीको बैठक स्थलबाट २१ नेताहरुलाई पक्राउ गरेको हो ।

दाङको राजपुर गाउँपालिका-४ मुग्रेठा खोलास्थित जंगलको बीचमा विप्लब नेतृत्वको नेकपाको मध्यपश्चिम कमाण्डको बैठक बस्दै गर्दा राति १ बजे बैठकस्थल घेरा हालेर केन्द्रीय सदस्यहरुसहित २१ नेताहरुलाई पक्राउ गरेको थियो । 

नेपाल प्रहरीले अपरेशनका क्रममा पक्राउ परेका २१ जनाकै नाम सार्वजनिक गरेको छ ।  अनुसन्धानमा खटिएको प्रदेश नं. ५ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, दाङले पक्राउ पर्नेको नाम सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुको नामावली: 

१. लुम्बिनी व्युरो इन्चार्ज - चन्द्र बहादुर चन्द (वीरगञ्ज) 

२. राप्ती ब्युरो इञ्चार्ज - केशवबहादुर बाँठा मगर (सुवास)

३. राप्ती ब्युरोका न्याय विभाग समिति जिल्ला संयोजक - रामबहादुर थापा (सुन्दर)

४. कार्यालय सचिव - सविन पोख्रेल

५. जिल्ला इञ्चार्ज - यमलाल कटुवाल (विक्रम)

६. जिल्ला सेक्रेटरी - प्रदीप वली

७. युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष - बबिन केसी (पाटन, जंगली)

८. बुद्धिजीवि - सुनिल पौडेल 

९. क्षेत्र नं. ४ इञ्चार्ज एवं जिल्ला जनपरिषद् सदस्य - एकराज चौधरी

१०. क्षेत्र नं. १ इञ्चार्ज एवं राजपुर गाउँपालिका सेक्रेटरी - धनबहादुर बोहोरा (महान)

११. पूर्वजनमुक्ति सेना - तिलक पुन

१२. दलित राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष - सुरज विक

१३. सदस्य - हितप्रसाद रोका

१४. रोल्पा सदस्य - पोष्टमान घर्ती

१५. दलबहादुर घर्ती

१६. अमित घर्ती मगर

१७. बालकृष्ण शर्मा

१८. जीत क्षेत्री

१९. रमेश आचार्य

२०. कुलबहादुर वली 

२१. विष्णु थापा

पक्राउ परेका नेताहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय, दाङमा ल्याएको छ । प्रहरीले समूहको राप्ती ब्युरो बैठकमा घेराबन्दीमा पारे मध्यरातको समयमा उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीले बैठकस्थलबाट महत्वपूर्ण दस्तावेज, हतियार, चन्दा संकलन गरिएका रसिद लगायतका सामानहरु समेत बरामद गरेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!