महराले बयान दिन नमानेपछि आज फेरि अदालतबाट म्याद थपिँदै

Posted on: 20 Oct, 2019

कात्तिक ३, काठमाडौँ | महिलालाई दुर्ब्यबहारको आरोपपछि अनुसन्धानमा तानिएका निवर्तमान सभामुख कृष्णबहादुर महराले प्रहरीसामु बयान दिन नमानेपछि अनुसन्धानका लागि आज फेरि म्याद थप हुने भएको छ ।

यसअघि प्रहरीले तीन दिन म्याद थपेर बयान लिने प्रयास गरेपनि प्रहरीले उनीसंग बयान लिन सकेको थिएन । जसको कारण प्रहरीको अनुसन्धान पनि रोकिएको छ । अनुसन्धान नसकिएकाले महरालाई आइतबार दिउँसो फेरि जिल्ला अदालत काठमाडौंमा लगेर म्याद थप गरिने काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।

प्रहरीका अनुसार महराले बयान दिन नमानेपछि अनुसन्धान पूरा गर्न सकिएको छैन । म्याद थपिएपछि फेरि बयान लिन प्रयास गर्ने र अनुसन्धानलाई अन्तिम चरणमा पुर्‍याउने प्रहरीले जनाएको छ ।

महरालाई संसद सचिवालयकी एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकि थिइन । सोहि आरोपको आधारमा प्रहरीले गत असोज १९ गते महरालाई पक्राउ गरि अनुसन्धानको प्रयास गरिरहेको छ । महराले ति महिलालाई दुर्व्यवहार गरेको आरोप प्रमाणित भए साढे तीन वर्षदेखि पाँच वर्षसम्मको कैद सजाय भोग्नुपर्ने हुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!