नेपालको नक्सा बदरको माग गर्दै सर्वोच्च आदालतमा रिट दायर

Posted on: 13 Nov, 2019

कात्तिक २७, काठमाडौं | भारतले हालै सार्वजनिक गरेको नया नक्सामा नेपाली भुमि राखे पछि देशभर त्यसको विरोध भइरहेको छ | संसदीय राज्य व्यवस्था समितिले पनि नेपाली भुमि लिम्पियाधुरा,कालापानी र लिपुलेक समेटेर नया नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिई सकेको छ |

विभिन्न बिद्यार्थी संगठनहरुले पनि दिनहु प्रदर्शन गर्दै आएका छन् | त्यसकै बिरुद्दमा कालापानी क्षेत्रबाट भारतीय अर्ध सैन्य बल हटाउने र नेपाली भूभाग फिर्ता ल्याउन माग सहित सर्वोच्च अदालतमा रिट परेको छ |

 नेपालको हालको नक्सा बदर गरी लिम्पियाधुरासहितका भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न र भारतले अतिक्रमण गरेको जमिन फिर्ता ल्याएर राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने माग गर्दै अधिवक्ता सुजित केसी र उपप्राध्यfपक फणीन्द्र नेपालले बुधबार सर्वोच्चमा रिट दायर गरेका छन् |

रिटमा कालापानी क्षेत्रमा रहेका भारतीय अर्ध सैनिक बल हटाउन, नेपालको नयाँ नक्सा गरी गर्न र आवश्यक परे यो विववादलाई अन्तर्राष्ट्रिय अदालत र राष्ट्रसंघसम्म पुर्‍याई नेपाली भूमि रक्षाका लागि सरकारको नाममा आवश्यक आदेश जारी गर्न माग गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!