राज्य व्यवस्था समितिले गर्यो यस्तो निर्णय,निजामती कर्मचारीको उमेर हद ६० वर्ष

Posted on: 14 Nov, 2019

कार्तिक २८, काठमाडौँ | राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हदबारे सहमति जुटेको छ | संघीय निजामती सेवा विधेयकमाथिको दफावार छलफलमा कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष राख्न सदस्यहरु सहमत भएका हुन् |

यसअघि ५८ वर्ष उमेर पुगेपछि अनिवार्य अवकाशको व्यवस्था थियो भने हाल अवकाशको उमेर हद दुई वर्ष बढाउँदै ६० वर्ष पु-याइएको छ | २०२१ सालपछि जन्म भएका सबै कर्मचारीको हकमा अनिवार्य अवकाशको उमेर हद ६० वर्ष राख्नेमा सहमति भएको छ |

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६५ वर्ष राख्न प्रस्ताव गरेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!