कामको सिलसिलामा कर्मचारीको मृत्यु भएमा १० लाख पाउने, बहु विवाह गरेमा पेन्सन नपाउने

Posted on: 14 Nov, 2019

कात्तिक २८, काठमाडौं | राज्य व्यवस्था समितिको बिहीबारको बैठकमा संघीय निजामती सेवा विधेयकबारे भएको छलफलमा सहमति जुटेको छ | सरकारी कामको सिलसिलामा द्वन्द्व वा कुनै प्रकोपमा परेर मृत्यु हुने कर्मचारीको परिवारलाई सरकारले १० लाख नगद दिने भएको छ |

सरकारी कामबाहेक अन्य जुन्सुकै कारणले  मृत्यु भएमा उसको परिवारलाई रु ५ लाख दिने निर्यण गरेको छ | विधेयकमा भनिएको छ | ‘नेपाल सरकारले खटाएको कार्यसम्पादन गर्ने सिलसिलामा द्वन्द्व, दुर्घटना वा प्रकोपमा परी योगदानमा आधारित निवृत्तभरण पाउने कुनै निजामती कर्मचारीको मृत्यु भएमा निजको परिवारलाई एकमुष्ट १० लाख थप आर्थिक सहायता उपलब्ध गराइने छ ।’

यसअघि यस्तो व्यवस्था निजामती सेवा नियमावलीमा थियो । तर, अहिले संघीय निजामती सेवा ऐनमै यो व्यवस्था राख्ने सहमति जुटेको हो | त्यस्तै निजामति कर्मचारीले बहु विवाह गरेमा पेन्सन नपाउने सहमति भएको छ |

विधेयकमा विधुर पति वा पत्नीलेसमेत पेन्सन पाउने व्यवस्थासमेत छ । निजामती कर्मचारीको पेन्सन पाइरहेको विधुर पति वा विधुवा पत्नीको मृत्यु भएमा वा निजले अर्को बिहे गरेमा त्यस्तो निजामती कर्मचारीको छोरा-छोरीलाई २१ वर्ष उमेर पूरा नभएसम्म पेन्सन रकम सरकारले उपलब्ध गराउने छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!