नेकपा समाप्त हुने डा.बाबुरामको टिप्पणी

Posted on: 14 Nov, 2019

कार्तिक २८, काठमाडौं |  बिहीबार आफ्नो पार्टीको संघीय परिषद बैठकमा कार्यपत्र प्रस्तुत गर्दै समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालको कम्युनिस्ट आन्दोलनलाई ‘कुहिरोको काग’ भनेका छन् | नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टीको स्थापनाकालीन मान्यता, सिद्धान्त र उद्देश्यहरु विश्वव्यापी रुपमा असफल भएको र त्यसपछि कम्युनिष्ट आन्दोलन कुहिरोको काग बन्ने उनले तर्क गरेका छन् |

शिक्षा र स्वास्थ्यको व्यापारीकरण कम्युनिस्ट नेतृत्वको सरकारमा पनि नरोकिएको र र्थिक क्षेत्रमा नेकपाले कांग्रेसको नवउदारवादी नीतिलाई नै निरन्तरता दिइरहेको बताएका छन् | पार्टीका ठूल्ठूला नेताहरु भ्रष्टाचार तथा नैतिकपतनका घटनामा लज्जास्पद ढंगले उदाङ्गिदै गएको उनको दाबि छ | नेपालको कम्युनिस्ट आन्दोलन वैचारिक रुपले अँध्यारो सुरुङभित्रको यात्रा गरिरहेको उनले टिप्पणी गरेका छन् |

वर्तमान संविधान जारी गर्दाका बखत कांग्रेससँग मिलेर मधेसी, जनजाति-आदिवासी, थारु, मुस्लिम, खस, शिल्पी/दलित, महिला आदि आन्दोलनलाई निर्मम दमन गर्ने, सप्तरीको मलेठजस्ता घटना गराउन उद्यत हुने, टिकापुर थारु विद्रोहको निर्ममतापूर्वक दमन गर्ने, संसदीय शासकीय प्रणाली कायम राख्ने, १०+१ को मोडेलमा प्रदेश सीमाङ्कन हुन नदिने कार्यमा नेकपाको प्रत्यक्ष हात रहेको उनले टिप्पणी गरेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!