सीमा सुरक्षामा सरकार मौन किन ?

Posted on: 15 Nov, 2019

कात्तिक २९, काठमाडौं | सीमा सुरक्षामा सरकार चुकेको भन्दै नेपाल बिद्यार्थी संघले प्रदर्शन गरेको छ | शुक्रबार बिहान नेपाल विद्यार्थी संघ सामुदायिक क्याम्पस समितिका अध्यक्ष परोपकार अधिकारीको नेतृत्वमा भएको बिरोध र्‍याली नेपालटारबाट सुरु भएर बाइपास, माछापोखरी हुँदै पुन नेपालटारमा गएर कोण सभामा परिणत भएको थियो |

सरकार सिमा मिचिदा पनि कान तेल हालेर बसेको भन्दै नेपाल विद्यार्थी संघका नेताहरूले सरकारको चर्को आलोचना गरेकाछन् | बिरोध र्‍यालीमा सयौं विद्यार्थीहरुले सहभागी जनाएर सरकार तिमी मौन किन भन्दै प्रश्न गरेका थिए |




यस बिषयमा तपाइको प्रतिक्रिया...!