मन्त्रीहरु हेरफेरबारे ओली र प्रचण्डको बालुवाटारमा छलफल हुदै

Posted on: 15 Nov, 2019

कार्तिक २९, काठमाडौँ | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का  दुई अध्यक्ष ओली र प्रचण्ड बिच मन्त्रीहरु हेरफेर तथा पार्टी नेतृत्वको जिम्मेवारीबारे बालुवाटारमा छलफल गर्ने भएका छन् |

शुक्रबार दिउँसो ३ बजे ओली र प्रचण्ड बिच बालुवाटारमा छलफल हुन लागेको जनाइएको छ | अध्यक्षको छलफल पछि मात्रै सचिवालय बैठक बस्ने र उक्त बैठकबाट मन्त्रिमण्डल हेरफेरबारे ठोस निर्णय गर्ने नेताहरुको तयारी छ |

यसअघि गत बिहीबारै बस्ने भनिएको सचिवालय बैठक पर्याप्त गृहकार्य नपुगेको भन्दै स्थगित हुँदै आएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!