नयाँ मन्त्रीको सपथ भोलि हुने

Posted on: 20 Nov, 2019

मंसिर ४, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले आज  पुनर्गठन गर्ने भनिएको मन्त्रिमण्डल अनिश्चित भएको छ | नेकपा सचिवालयको बालुवाटारमा बसेको बैठकले नयाँ  मन्त्रीको टुंगो लगाउन नसकेपछि मन्त्रीको शपथ आज नहुने भएको हो |

मन्त्रीपरिषद्को बिषय आज नसकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए | मन्त्रिपरिषद पुनर्गठन भोलिमात्र हुने अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले बताइन | 

मंगलबारको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीमण्डल पुनर्गठन गर्ने बताएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!