नयाँ नियुक्त मन्त्रीले लिए सपथ

Posted on: 21 Nov, 2019

मंसिर ५, काठमाडौँ | मन्त्रीपरिषद हेरफेर पछि आज बिहिबार नयां नियुक्त भएका मन्त्रीहरुले सपथ लिएका छन् | राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक मन्त्रीहरुलाई पद तथा  गोपनियताको सपथ खुवाएकी हुन् |

उनीहरु  मन्त्रालयमा आजै पदभार ग्रहण गर्नेछन् | बुधबार साँझ वसन्त नेम्वाङ (भौतिक) हृदयेश त्रिपाठी (संघीय), पार्वत गुरुङ (महिला, बालबालिका), घनश्याम भुषाल (कृषि)र लेखराज भट्ट (उद्योग), रामेश्वर राय (श्रम) मन्त्री बनाउन राष्ट्रपतिको कार्यालयमा प्रधानमन्त्री ओलीले सिफारिस गरेका थिए | यस्तै, मोती दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री, रामवीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री, नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्री बनेका छन् |

सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहालको पनि उपस्थिति रहेको भएको राष्ट्रपति कार्यालयले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!