उद्योग वाणिज्यलाई एक नम्बरको मन्त्रालय बनाउँने मन्त्री लेखराज भट्टको दाबि

Posted on: 21 Nov, 2019

मंसिर ५, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद फेरबदल गरेका छन् | बिहिबार नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेर पदभार पनि ग्रहण गरिसकेका छन् | सोहो क्रममा नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले एक नम्बरको मन्त्रालय बनाउने दाबि गरेका छन् |

मन्त्रालयमा कार्यभार सम्हाल्दै पुरानो ढर्राले नभई समाजवाद उन्मुख कार्ययोजना बनाएर अगाडी बढ्नुपर्ने बताएका छन् | मन्त्रालय एक धिक्का भएर अगाडी बढ्ने उनले बताएका छन् | कार्यसम्पादनमा कर्मचारी अलमलमा नपरुन उनले कर्मचारीलाई भने |

कैलाली घर भएका उनले दोश्रो पटक उद्योग मन्त्रालयको जिम्मेवारी पाएका हुन् | भट्ट डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदमा वाणिज्य तथा आपूर्तिमन्त्री थिए भने चण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा उनी श्रम मन्त्री बनेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!