बलात्कारको आरोपी अखिल नेता पुर्पक्षका लागि थुनामा

Posted on: 22 Nov, 2019

मङ्सिर ६, काठमाडौँ | अनेरास्ववियुका केन्द्रीय सदस्य तथा आरआर क्यम्पसका स्ववियु सहसचिव बलात्कारको अभियोग लागेका इन्द्रहाङ राईलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ |

बलात्कार गरेको आरोपमा उनलाई सात देखि १० बर्ष सम्म सजाए गर्नुपर्ने सरकारी वकिल कार्यालयको माग रहेको छ | बिहिबार जिल्ला अदालत काठमाडैका न्यायाधीश वनोदकुमार पोखरेलको इजलासले उनको बयान र थुनछेक बहसपछि थुनामा पठाएको हो |

उनले एक युवतीलाई भैलो खेल्न जाने भन्दै बोलाएर बलात्कार गरेको अनुसन्धानबाट खुलेको थियो | पीडितले उजुरी गरेपछि राई पक्राउ परेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!