यी बिषय कांग्रेस केन्द्रीय समिति बैठकमा छलफल हुदै

Posted on: 12 Dec, 2019

मंसिर २६, काठमाडौँ | नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ | मंसिर १४ मा भएको उपनिर्वाचन बारे समिक्षा गरिने बताइएको छ | त्यस्तै कांग्रेसका भ्रातृ संघसंस्था, भारतले सार्वजनिक गरेको नक्साबारे छलफल हुन लागेको हो |

पार्टी प्रवत्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा उपनिर्वाचनको समीक्षा,पार्टीका महत्वपूर्ण विभाग गठनबारे पनि छलफलहुने छ | उनले भने ‘कांग्रेसका भ्रातृसंस्था नेविसंघ, तरुण दलको विवादको समाधानको विषयमा र अरू समसामयिक राष्ट्रिय विषयमा छलफल हुनेछ |

नेपाली भुमि अतिक्रमणको बारेमा छलफलहुनेछ | भ्रातृ संघसंस्थाको विषयमा भएको विवाद समाधान गर्न सहमहामन्त्री डा. प्रकाशशरण महतले केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठित भ्रातृ एवं शुभेच्छुक संस्थाको सैद्धान्तिक मापदण्ड तथा विधान सुझाव समितिले तयार गरेको प्रतिवेदन बैठकमा पेश गर्नेछन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!