राष्ट्रियसभाको निर्वाचन माघ ९ मा हुने

Posted on: 12 Dec, 2019

मंसिर २६ , काठमाडौं | आगामी माघ ९ गते  राष्ट्रियसभाको निर्वाचन हुने भएको छ | सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कुटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा  माघ ९ गते निर्वाचन गर्ने निर्णय गरेको जानकारी गराएका हुन् |

फागुन २१ मा १९ सांसदको दुईवर्षे कार्यकाल सकिँदैछ | राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजनाको कार्यकाल सकिन लागेको हो | संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ ।

सोहीअनुसार सरकारले माघ ९ गते चुनाव घोषणा गरेको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!