कांग्रेस केन्द्रीय समिति बैठक पौडेल पक्षले आज पनि बहिष्कार गर्ने

Posted on: 15 Dec, 2019

मंसिर २९, काठमाडौँ | बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज पनि केन्द्रीय समिति बैठक बहिष्कार गर्ने भएका छन् | नेपाली कांग्रेसको आज बस्ने  केन्द्रीय कार्यसमिति बैठकमा पौडेल पक्षका केन्द्रिय सदस्य उपस्थित नहुने भएका छन् |

सभापति शेरबहादुर देउवा १४ औं महाधिवेशनको कार्यतालिका प्रकाशित गर्न सहमत नभएको भन्दै पौडेल पक्षका नेताहरूले बैठक बहिष्कार गर्ने बताएका हुन् | गत बिहीबार बसेको बैठकमा सभापति देउवाले ४१ विभाग गठन गर्नेलगायत ९ एजेन्डा पेश गरेका थिए तर पौडेल पक्षका नेताले बहिस्कार गरे |

महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच केहीबेर अघि भएको छलफलपछि आज पनि बैठक बहिष्कार गर्ने निर्णय भएको हो |  देउवा शनिबार विहान बोहराटारस्थित निवास पुगेर बरिष्ठ नेता पौडेलसँग छलफल गरेका थिए |

१४ औं महाधिवेशनको कार्यतालिका बैठकका एजेन्डा नबनेसम्म आफूहरू केन्द्रीय समिति बैठकमा उपस्थित नहुने पौडेल पक्षको दाबि छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!