बैठकमा प्रचण्डले पेस गरे राजनीतिक प्रतिवेदन, भोलिदेखि छलफल हुने

Posted on: 15 Dec, 2019

मंसिर २९, काठमाडौँ | आइतबार धुम्वाराहीमा बसेको सतारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् |

स्थायी समिति सदस्य चक्रपाणि खनालका अनुसार बैठकमा पहिलो दिन अध्यक्षको प्रतिवेदन पेश भएको हो | उक्त प्रतिवेदन माथि सोमबार छलफल हुने छ |

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको विधान संशोधन, सरकारको समीक्षा, आगामी ६ महिने कार्ययोजना, केन्द्रीय समिति बैठक बोलाउने लगायतका विषय समेटिएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!