नेकपा स्थायी कमिटी बैठक: राजनीतिक प्रतिवेदनमाथि छलफल हुदै

Posted on: 16 Dec, 2019

मंसिर ३०, काठमाडौं | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटिको बैठक चलिरहेको छ | पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल भईरहेको छ |

आइतबार बसेको बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए | उक्त पप्रतिवेदनमा आगामी कार्य योजना सरकार र पार्टीका कामलाई प्रभावकारी बनाउनु पर्ने उल्लेख गरिएको छ |

बैठकमा राजनीतिक प्रतिवेदनसँगै विधान संशोधन, नेपाल भारत सीमा समस्या र आगामी केन्द्रीय कमिटी बैठकलगायत बिषयबस्तु रहेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!