सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न प्रधानमन्त्रीको निर्देशन

Posted on: 16 Dec, 2019

मंसिर ३०, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरूलाई बोलाई सडक दुर्घटना कम गर्न कार्य योजना बनाएर लागु गर्न निर्देशन दिएका छन् |


सोमबार ओलीले पछिल्लो समय बधाई गएका सडक दुर्घटना कम गर्ने उपाए खोज्न पदाधिकारीहरु लाई निर्देशन दिएका छन् | गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशक लगायतको समूहलाई प्रधानमन्त्रीले संयुक्त रूपमा निर्देशन दिएका हुन् |

ओलीले भावुक हुदै भने सिन्धुपाल्चोकको सडक दूर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिस भएको खबर पढेँ, बिरामी अवस्थामा रहेर हो कि, म निकै भावुक भएँ। हिजो खाना खान र सुत्न पनि सकिनँ |

यस्ता दुर्घटनालाई रोक्न तत्काल कार्य योजना बनाएर लागु गर्न ओलीले भनेका छन् |

‘सिट भन्दा बढी यात्रु राख्न नदिने, छतमा यात्रु राख्न नदिने, निर्माण पूरा नभएका वा यातायात सञ्चालनका लागि योग्य नभएका सडकमा सञ्चालन अनुमति नदिने, चालकको क्षमता परीक्षण गर्नेजस्ता काम तत्काल गरिहाल्नुस्’ प्रधानमन्त्री ओलीले भने, ‘सडक पूर्वाधारको स्वीकृति गर्दा डबललेन घटीको संरचना स्वीकृत नगर्नुस्, सडकको डिलमा ग्रास ब्यारियार अनिवार्य निर्माण गर्ने व्यवस्था गर्नुस्, सडकमा स्पिडब्रेकरको अनिवार्य व्यवस्था गर्नुस्, बस चालकको कक्षमा ध्यान अन्तै मोड्ने खालका मानिस तथा सामग्री छन् भने हटाउने स्पष्ट नियम बनाउनुस् |'

ओलीले  दुर्घटनाका कारणहरूको छानबिन गरी प्रतिवेदन तयार गर्न र सोही अनुरूपको सुधार गर्न निर्देशन दिएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!