राष्ट्रियसभाका लागि नारायणकाजीसहित नेकपाका १६ उम्मेदवार, कुन प्रदेशबाट को ?

Posted on: 03 Jan, 2020

पुस १८, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी नेकपाले माघ ९ गते हुने राष्ट्रिय सभा उम्मेदवारको टुङ्गो लगाएको छ | प्रदेश १ मा नेकपाले महिला तर्फ इन्दु गौतम, दलितबाट गोपी अच्छामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाएको छ भने प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ |

नेकपाले प्रदेश २ मा राजपासँग तालमेलको सहमति गरिसकेको छ | प्रदेश ३ बाट महिलामा गंगा बेलबासे र अन्यमा बेदुराम भुसाललाई उम्मेदवार बनाएको छ। भुसाल नेकपाका स्थायी समिति सदस्य हुन् | गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठ उम्मेदवार बनेका छन् | त्यस्तै महिलामा भगवती न्यौपाने उम्मेदवार बनाएको छ |

प्रदशे ५ मा महिलामा विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यकतर्फ जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईलाई उम्मेदवार बनाएको छ |  प्रदेश ६ मा नेकपाले अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुनिता बिसी उम्मेदवार भएका छन् भने सुदूरपश्चिम प्रदेशबाट अन्यबाट तारामान स्वाँर र महिलाबाट शारदा भट्ट उम्मेदवार भएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!