नेकपाको केन्द्रीय समिति बैठक सर्यो

Posted on: 05 Jan, 2020

पुस २० काठमाडौँ | सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा )को केन्द्रीय समिति बैठक सरेको छ | पुस २३ गतेबाट बस्ने तय भएको केन्द्रीय समिति बैठक माघ १५ गतेसम्मका लागि सरेको हो |

आइतबार बसेको नेकपाको सचिवालय बैठकले आवश्यक तयारी नपुगेको भन्दै २२ दिन पर सारेर बैठकको मिति परिवर्तन गरेको हो |

यसअघि पुस ६ गते सकिएको स्थायी समिति बैठकले पुस २३ गतेबाट केन्द्रीय समिति बैठक काठमाडौँमा बस्ने निर्णय गरेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!