सभापति देउवालाई दबाब दिन बोलाए पौडेलले जिल्ला सभापति भेला

Posted on: 06 Jan, 2020

पुस २१, काठमाडौँ | प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका बरिष्ठ नेता पौडेलले जिल्ला सभापतिहरुको भेला बोलाएका छन् सोमबार विहान ११ बजे आफू निकट जिल्ला सभापतिसँग पौडेलले पछिल्लो विवादबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाएका हुन् |

बहुमतका आधारमा सभापति शेरबहादुर देउवाले  पुस ११ गते  १४ औं महाधिवेशन कार्यतालिका ल्याएको, विधान मिचेर विभाग थपेको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाउदै आएका छन् | पौडेल पक्षले मंसिर २६ देखि केन्द्रीय समिति बैठक पनि बहिस्कार गर्दै आएका छन् | पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री शशांक कोइराला,बरिष्ठ नेता रामचन्द्र पौडेल देउवाले केन्द्रीय समितिबाट एकलौटी रुपमा गरेको निर्णय सच्याउन माग गर्दै दबाब दिइरहेका छन् |

सभापतिलाई निर्णय सच्याउन दवा दिनका लागि सोमबार जिल्ला सभापति भेला राखिएको केन्द्रीय सदस्य हृदयराम थानी बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!