पृथ्वीनारायण शाहको दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक:राष्ट्रपति

Posted on: 12 Jan, 2020

पुस २७, काठमाण्डौ | राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिएकी छिन् |

राष्ट्रपति भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै  पृथ्वी जयन्तीका अवसरमा पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन साथै सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना दिएकी हुन् |

राष्ट्रपति भण्डारीले पृथ्वीनारायण शाहको जीवन्त दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै यो ऐतिहासिक दिनमा राष्ट्रिय एकतालाई सुदृढ पार्दै सबै अघि बढ्नु पर्ने बताएकी छिन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!