नेपाली सेनाका प्रधानसेनापति बंगलादेश प्रस्थान

Posted on: 12 Jan, 2020

पुस २७, काठमाडौं | आइतबार  नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा बंगलादेश प्रस्थान गरेका छन् | सेनाकै विमानमा बंगलादेशका सेना प्रमुख अजीज अहमेदको औपचारिक निमन्त्रणामा थापासंगै  ७ सदस्यीय भ्रमण दलका सदस्यसहित  बंगलादेश प्रस्थान गरेका हुन्  |

भ्रमणका क्रममा प्रधानसेनापति थापाले बंगलादेशका विभिन्न सैनिक युनिट भ्रमणदेखि उच्चस्तरीय भेटवार्ता र ऐतिहासिक स्थलको भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ | भ्रमणले दुई देशको आपसीहित र पारस्परिक सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाउने विश्वास लिएको सेनाले जनाएको छ |

थापा बंगलादेशको औपचारिक भ्रमण सकेर  माघ १ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!