'म १७ हजार मान्छे मारेर आएको सत्य होइन':प्रचण्ड

Posted on: 15 Jan, 2020

माघ १,काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  १७ हजार मान्छे मारेर आएको सत्य नभएको पनि बताएका छन् | उनले भने 'म १७ हजार मान्छे मारेर आएको सत्य होइन। सत्य के हो भने १२ हजार मान्छे राज्यको तर्फबाट मारिएका हुन्,’ राजाले १२ हजारको जिम्मा लिनुपर्ने र आफु ५ हजारको जिम्मा लिने बताए | 

उनले रेशम चौधरीलाइ छिट्टै छुटाउने पनि बताएका छन् | माघे संक्रान्तिको अवसरमा आज थारू समुदायले काठमाडौंको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् | प्रचण्डले सशस्त्र युद्धमा भएका बेला राम्रा/नराम्रा कुराको जिम्मा आफूले लिने बताए | तर नगरेको कामको आफु जिम्मा नलिने उनको भनाइ छ | टिकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई आफू प्रधानमन्त्री हुँदा भेटेको  बताए उनले थपे रेशमलाई छुटाइन्छ हेर्नुहोला’|

उनले सभामुख र पार्टीलाई भनेर चौधरीलाई प्रतिनिधिसभा सांसदको रूपमा सपथ खुवाउन पनि आफूले भूमिका खेलेको बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!