भीम रावललाई बालुवाटारबाट ‘ज्यान मार्ने धम्की’:सरकारका प्रवक्ताले दिए यस्तो जवाफ

Posted on: 16 Jan, 2020

माघ २, काठमाडौँ | संचार मन्त्री एवंम सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य भीम रावललाई बालुवाटारबाट ‘ज्यान मार्ने धम्की’ दिएको सत्य नभएको बताएका छन् |

बिहिबार पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उनले भने, बालुवाटारबाट त्यस्तो धम्की दिएको भन्ने पत्यार लाग्छ ? प्रधानमन्त्री कसैको ज्यानलिने खालको  हुनुहुन्छ र ? उनले भने,'उहाँले पनि भन्नुपर्छ यसले फोन गर्‍यो, यसको कुनै सत्यता छैन |'

एमसिसीबारे धारणा राख्दा बालुवाटारबाट आफूलाई ज्यान मार्ने धम्की आएको सगरमाथा टिभीमा अन्तर्वार्ताका क्रममा रावल भनेका थिए | उनले विचार व्यक्त गरेकै आधारमा कसैमाथि ज्यानको धम्की दिन नमिल्ने बताएका छन् |

रावललाई सरकारले नै सुरक्षा व्यवस्था मिलाइरहेको उनले बताए | ‘पछुवा उपलब्ध गराएको छ, साथमा अरू सुरक्षाकर्मी छन्। उहाँको ज्यानमाथि सुरक्षा खतरा छ भन्ने लाग्दैन,’ बास्कोटाले भने | प्रधानमन्त्रीले आफ्नै कार्यकर्ता माथि तरवार बोकेर नहिडेको उनको भनाई छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!