सभामुख चयनका लागि नेकपा सचिवालय बैठक बस्दै

Posted on: 19 Jan, 2020

माघ ५, काठमाडौं | सभामुखको उम्मेदवार चयनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अपराह्न ४ बजे बस्ने भएको छ | आइतबार बिहान बालुवाटारमा पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी ओलीबीच सभामुख चयनबारे छलफल भएको हो |

उक्त छलफलले सचिवालय बैठक पनि आजै बोलाउने निर्णय गरेको हो | पूर्वमाओवादीलाई सभामुख छोड्न प्रधानमन्त्री लचिलो रहेको संकेत देखाएको भनिएपनि व्यक्तिमा सहमति जताउन नसक्दा सभामुख चयनमा सकस भएको छ |

प्रतिनिधिसभा  बैठक सोमबार बोलाईएको छ | सभामुखको उम्मेदवार तय गर्न नसक्दा तीन पटक संसद् बैठक सूचना टाँसेर स्थगित भइसकेको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!