गोष्ठीका लागि अमेरिका गएकी उपमेयर उतै लुकिन

Posted on: 23 Jan, 2020

माघ ९, काठमाडौं | कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) गोष्ठीका लागि अमेरिका गएर उतै लुकेकि छिन् | उनी गत कात्तिकको पहिलो साता नेपाल नगरपालिका महासंघमार्फत गोष्ठीमा सहभागी हुन अमेरिका उडेकी थिइन |

पछिल्लो एक महिना यता उनी नगरपालिकाका मेयर रत्नबहादुर शाहीसँग पनि सम्पर्क बिहिन भएकी छिन् | पुस यता सम्पर्क नभएको मेयर साहीले बताएका छन | पहिले आफू बिरामी परेकाले ढिला भएको भन्दै म्यासेन्जरमा कुरा समेत गरेको र हाल उनको फेसबुक एकाउन्ट नै निष्क्रिय रहेको मेयरको भनाइ छ |

उनी नगरपालिका महासंघको केन्द्रीय सदस्य समेत हुन् | त्यसैले उनले अमेरिका गोष्टिमा जाने अवसर पाएकी थिइन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!