राष्ट्रपतिका सल्लाहकारले किन दिए एकाएक राजीनामा ?

Posted on: 24 Jan, 2020

माघ १०, काठमाडौँ | राष्ट्रपतिका राजनीतिक सल्लाहकारले राजिनामा दिएका छन् | शुक्रबार सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका छन् | फौजदारी अभियोग लागेका अग्‍नि सापकोटा सभामुख बन्‍ने भएपछि उनले राजिनामा दिएको बताएका छन् | 

उनले सापकोटाविरूद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका थिए | मानवअधिकार क्षेत्रका क्रियाशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सुझाव र सल्लाह दिनेगरी  २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो |

आफैले विगतमा रिट हालेका व्यक्ति सभामुख बन्न लागेपछि उनले पदबाट राजीनामा दिएका हुन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!