सर्वोच्चमा सापकोटाविरुद्धको रिट न्यायाधीश फुयाँलले हेर्न नामिल्ने

Posted on: 26 Jan, 2020

माघ १२, काठमाडौँ | नेपाल कम्युनिष्ट नेकपाको तर्फबाट सभामुखको उम्मेदवारी दिएका अग्नि सापकोटा विरुद्धको रिटमाथिको सुनुवाई न्यायाधीश हरिप्रसाद फुयाँलले हेर्न नमिल्ने भएको छ | कर्तव्य ज्यान मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले  रिट दायर गरेका थिए  |

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाशमा उक्त रिटको पेशी तोकेका थिए | तर उक्त मुद्दा हरिप्रसाद फुयाँलले हेर्न नमिल्ने भएको छ | कानुन व्यवसाय रहेको अवस्थामा सुबोध प्याकुरेलले सापकोटाविरुद्ध दिएको रिटमा फुयाँलले उनी विरुद्ध बहस गरेका थिए |

पहिले सापकोटा विरुद्ध नै सर्वोच्चमा बहस गरेका फुयाँल हाल न्यायाधीशको रुपमा सर्वोच्चमा कार्यरत छन् | त्यसकारण उनले सापकोटाको विरुद्धमा आफैले बहस गरेका कारण उक्त मुद्दा हेर्न नमिल्ने भएको हो | 

सापकोटा सभामुखमा आज नै चयन हुँदै छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!