सभामुख सापकोटा द्वारा पद तथा गोपनीयताको सपथ ग्रहण

Posted on: 27 Jan, 2020

माघ १३, काठमाडौं | आइतबार निर्विरोध निर्वाचित भएका प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् | राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष उनले पद तथा गोपनियताको सपथ लिएका हुन् | 

सोमबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए |

 ४ महिना  देखि रिक्त रहेको प्रतिनिधिसभाले आइतबार मात्रै सभामुख पाएको छ | सभामुखमा निर्वाचित भएको भोलिपल्टै सापकोटालले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!