चीनमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन कांग्रेसको माग

Posted on: 04 Feb, 2020

माघ २१, काठमाडौँ | नेपाली कांग्रेसले चिनमा रहेका नेपालीको अवस्थाबारे सरकारसँग जानकारी माग गरेका छन् | मंगलबार बसेको  प्रतिनिधिसभा संसदमा बोल्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले चिनमा रहेका नेपालीको अवस्थाबारे जानकारी मागेका हुन् |

उनले भने,‘छिमेकी देश चीनमा कोरोनाभाइरस संक्रमण फैलिएको छ। त्यहाँ रहेका नेपालीको अवस्था कस्तो छ ?,’ उनले भने, ‘उद्धार र संक्रमण भेटिएमा नेपालमा उपचार गर्न सक्ने तयारी कस्तो छ संसदमा जानकारी गराइयोस्।’

चिनको वुहानबाट सुरु भएको कोरोना भाइरसले महामारीको रुप लिएको छ | वुहानमा रहेका करिब दुई सय जना नेपालीले आफूलाई उद्धार गर्न आवेदन फाराम भरे पनि सरकारले उद्धार गरेको छैन् |




यस बिषयमा तपाइको प्रतिक्रिया...!