विप्लव निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पक्राउ

Posted on: 13 Feb, 2020

फागुन १, काठमाडौं | नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकाल पक्राउ परेका छन् |

बिहीबार दिउँसो काठमाडौंको संकटा क्षेत्रबाट ढकाललाई महानरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो |

उनीसँगै अन्य चार जना पनि पक्राउ परेको प्रहरीले जनाएको छ | प्रहरीका अनुसार उनीहरु माथि थप अनुसन्धान भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!