चौधरी ग्रुपले प्रक्रिया पुर्याएर आउनुपर्ने सञ्चार मन्त्री बाँस्कोटाको दावी

Posted on: 13 Feb, 2020

फागुन १,काठमाडौँ | सूचना मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सिजी कम्युनिकेसन सञ्चालक चौधरी ग्रुपलाई कुनै पूर्वाग्र नराखेको बताएका छन् | उनले प्रक्र्या पुर्याएर आउँ आग्रह गरेका छन् | सिजी कम्युनिकेसनले प्रक्रिया नपुर्‍याएकोले लिमिटेड मोविलिटी सेवाको लाइसेन्स खारेज गरेको उनले बताए |

बिहीबार नियमित पत्रकार सम्मेलनमा  मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सिजीसँग पैसा मागेको भन्ने आरोप झूटो भएको उनले दाबि गरे | ‘चौधरी ग्रुपसँग २० अर्ब माग्यो भन्छन्, चाहिँदा पनि चाहिँदैन। मेरो घरमा त्यति पैसा राख्ने ठाउँ छैन,’ उनले भने, ‘हामी सकेसम्म राम्रो गर्छौं |'

लाइसेन्स पाउन सबै प्रक्रिया पूरा गरे पनि सरकारले अड्काएको सिजीले बताउंदै आएको छ | उनले मिडियाले आफुलाई मात्र लखेटेको बताउँदै प्रेसको आँखा तथ्यमा जानु आवश्यक रहेको बताए | सिजीले प्रक्रिया पुर्‍याएर र पूर्वसर्तअनुसार उत्तरदायित्व निर्वाह गर्नुपर्ने  उनको भनाई छ |

सिजीले ४१ जिल्लामा काम गर्नुपर्ने भए पनि काम नगरेको उनको भनाई छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!